राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

के तपाइ विवाह गर्ने सोचमा हुनुहुन्छ? यि कुराहरूमा एकदमै ध्यान दिनुहोस्… पुरा पढ्नुहोस्

वैवाहिक जीवनमा बाधिसकेपछी कसरी वैवाहिक जीवन खुसी सुखी बनाउने त? एउटा वैवाहिक जीवन खुसीमा खुसीको लहर ल्याउनका लागी हामीहरू हाम्रो सम्बन्धको सम्बन्धमा जहिले पनि संवेदनशील हुनुपर्दछ । श्रीमान् श्रीमती दुवै जना बिच भएका सङ्कल्प सकेसम्म पुरा गर्ने कोसिस गर्नुपर्दछ । आफ्नो परिवार देखी लिएर भविष्य सम्म देखेका सम्पूर्ण सपनालाई दुवै मिली साकार बनाउँदै लैजानु पर्दछ । वैवाहिक जीवन सुखी हुनको लागी एक आपसमा आफूहरूलाई बुझ्नु निकै महोत्पुर्ण देखिन्छ ।

दाम्पत्य जीवन सुख र खुशीको लागि एक आपसको लागि जहिले पनि समर्पित हुनुपर्दछ । एक आपसको खुशीको लागि हामी जहिले पनि आफुले आफुलाई एकअर्काको लागि समर्पित गर्न सक्नु पर्दछ । वैवाहिक दाम्पत्य सुखि र खुशीको लागि हामीले जहिले पनि रिस, क्रोध, लोभ, अहंकार लाई नियन्त्रण गर्न सक्नुपर्दछ । शारिरिक मानसिक रुपमा हामी सबैलाई यि यस्ता कुराहरु हामीहरुलाई आईरहेको हुन्छ त्यसलाई हामीले नियन्त्रन गर्न सक्नु पर्छ ।

जे हुन्छ त्यसैमा हामी सन्तुस्त हुन सक्नु पर्छ । अरुको देखासिखि गरेर हामी अरु संगको तुलना गर्र्न थाल्यो भने हाम्रो बैवाहिक जीवन जहिले पनि हामी दुःखको शिकार हुने गर्दछौं ।दाम्पत्य जीवन खुशीमा अझै खुशि थप्ने काम संन्तानले गर्दछ । संन्तान पैदाको साथमा अझै बैवाहिक जीवनमा खुशीयालीको पलहरु पैदा भएको मानिन्छ ।

शास्त्रका अनुसार यी राशि हुने प्रेमी प्रेमिका कहिले पनि छुट्दैनन् । जानिराख्नुहोस्

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको सम्बन्छ एकदमै बलियो हुन्छ । शास्त्रका अनुसार नै १२ राशि रहेका हुन्छन् । ती राशि अनुसार मानिसको स्वभाव आचरण फरक रहेको हुन्छ । ज्योतिष शास्त्रका अनुसार मानिसहरूको प्रेम सम्बन्छ पनि फरक फरक हुने कुरा ज्योतिषहरू बताउँछन् । त्यस कारणले कुन कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ त? हेर्नुहोस् उक्त राशिफलहरूः

मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।सिंह र तुला : यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ : हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन्।.                    वृष र वृश्चिक : एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन्।.                  वृष र कन्या : यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ। उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ।

सिंह र धनु : एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन्।                                                                    कन्या र मकर : यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन्। एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।
मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।

यी ४ राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन् । जानिराख्नुहोस्

शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन् । घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् । नेतृत्व भूमिका निभाउने खुबी हुने गर्दछ भने परिवारमा हुने हरेक कार्यमा समेत अगाडी हुने भएका कारण परिवारमा यस राशि भएका बुहारीहरूले राज गर्ने गर्छन् ।

कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन्।

वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट राशि : यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।

सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।

यी ३ राशि भएका युवती, जसले पुरुषलाई पहिलो भेटमै फिदा बनाउँछन् ।

ज्योतिष शास्त्रका अनुसार १२ राशि हुने गर्दछन् । यी १२ राशि अनुसार व्यक्तिको स्वभाव, चरित्र पनि फरक हुने गर्दछ । राशि अनुसार भविष्य, स्वभाव, चरित्रलाई सजिलै नियाल्न सक्ने ज्योतिष शास्त्रले बताएको छ । यस्ता कतिपय राशि पनि छन् जसले अन्य व्यक्तिहरूलाई सजिलै आकर्षण गर्न सक्ने शक्ति दिएको हुन्छ । आज हामी तपाइहरूलाई ती राशिको बारेमा बताउनेछौ जुन राशि भएका युवती देखेर पुरुषहरू फिदा हुने गर्दछन् । हेरौँ ती राशिहरू

वृष राशि
वृष राशि हुने युवतीको व्यक्तित्व निकै आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतीप्रति आकर्षित हुने गर्दछन्। यो राशिका युवती निकै मेहेनती हुन्छन् र आफूले गरेको काममा सहजै लक्ष्य हासिल गर्छन्। यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ । यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

मिथुन राशि
मिथुन राशिका युवती झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक मानिन्छन्। यिनीहरूको स्वभावले पुरुषहरूलाई सजिलै आकर्षक गर्ने गर्दछ। यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन्। यो राशिका युवतीमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ। यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन्। यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन्।

वृश्चिक राशि
वृश्चिक राशिका युवतीको स्वभाव, व्यवहार एवं चालचलन आकर्षक मानिन्छ। यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ । यो राशिका युवती हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ। यिनीहरूको कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवती बहादुर तर भावुक हुन्छन् । यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरुलाई सबै कुरामा सफा चाहिन्छ।

यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशीः  वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन् 

ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने  र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।

वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।
सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।
कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।