राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अधिकांश शिक्षकमा भेटियो कोरोना, स्वास्थ्या मापदण्ड पालना गर्न मन्त्रालयको अनुरोध

काठमाडौं १५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारमा देखिएको कोरोना भाइरस कोभिड(१९०को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको हटस्पटु बन्ने संभावना रहेको भन्दै समयमै सचेत रहन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले कोरोना जोखिमबाट बच्न अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ। केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको भन्दै डा।गौतमले स्वास्थ्य मापदण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने संभावना रहेको बताउनुभयो।

धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्याहरु बल्झिदै गएको उहाँको भनाई छ ।मन्त्रालयका प्रवक्ता समेत रहेका डा।गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको भन्दै त्यसको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएको छ। २१ सय १ स्वाब परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिनुभएको छ । यस्तै पछिल्लो २४ घन्टामा ९५ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७६ लाख ८३९ पुगेको छ।