राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पत्रकार प्रेम पुन सहित ५ पत्रकार सम्मानित

राष्टिय साना शहरी खानेपानी तथा उपभाक्ता सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार प्रेम पुन सहित ५ जना पत्रकारलाई सम्मानित गरेको छ । शुक्रवार काठमाण्डौँमा भएको महासंघको वार्षिक साधारणसभामा नेपालको जलस्रोत तथा खानेपानीको क्षेत्रमा समाचार संकलन तथा प्रशारण गरेर खानेपानीको क्षत्रेमा महत्वपुर्ण योगदान गरेको भन्दै रातोपर्दा डटकमका संचालक तथा सम्पदाक सहित अन्य ५ जना पत्रकार सम्मानित भएका हुन् ।


प्रतिनिधीसभाका सांसद तथा अर्थब्यवस्था समितिका सदस्य शुसान्त वैदिकले पत्रकार पुन सहितका पत्रकारलाई प्रमाणपत्र र जनही ५ हजारका दरले सम्मानित तथा पुरस्कृत गर्नुभएको हो । साधारणसभामा महासंघ नेपालका अध्यक्ष खेमराज ओली, प्रतिनिधीसभा सदस्य सन्दिप राणा, विशेष अतिथी राष्टियसभाका सदस्य जगत तिमिल्सीना, नगर विकास कोष आयोजना मुल्याकंन महाशाखा प्रमुख सुवास पन्त, नेपाल यातायात ब्यवसायी राष्टिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, वन उपभोक्ता महासंघ नेपालका महासचिव पार्वता गौतम, पारिवारीक निजीवन उपभोक्तासंघका अध्यक्ष जोग राज गीरी लगायतका सहभागीता रहेको थियो । सम्मानित हुने अन्य पत्रकारहरुमा न्युजट्वाइन्टफोरबाट नारायण पंगेनी, वासखबरबाट पिटि लोप्चन, खबरविन्दु डटकमबमामट, रोहित श्रेष्ठ, तुलसिपुर खबरका ओपेन्द्र बस्नेत, रातोपाटिका पत्रकार राजेश भण्डारीलगायतका छन् । पत्रकार प्रेम पुन विगत १५ वर्षदेखि पत्रकारितामा आबद्ध छन्, रेडियो, छापा, टेलिभिजन हुँदै संचारकर्ममा सक्रिय पुन हाल रातोपर्दा डटकम र रातोपर्दा टिभीका संचालक तथा सम्पादक हुन् ।