राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्पाइनल मस्कुलर एट्रोफी रोग बालवालिमा घाटक

काठमाण्डौं,२६ साउन । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी पछिल्लो समय बालवालिका लागि घाटक रोग बनेको छ ।

यो रोग लाग्दा लबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् । स्पाइनल मस्कुलर एट्रोफी ११ हजार बालबालिकामध्ये १ जनामा भेटिने गरेको अध्ययनले देखाएको छ । यो वंशाणुगत रोग हो । एसएमए रोग कम बालबालिकामा देखिन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा विस्तारै विस्तारै गम्भीर समस्या निम्याउँछ । यो रोगको औषधि उपचार सम्भव नहुने बालरोग विशेषज्ञहरू बताएका छन।