सुन्दर, गोरो र चम्किलो अनुहार बनाउने कस्लाई रहर हुँदैन होला र रु गर्मी मौसम सुरु भए संगै हामी स्विमिङ पुल, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घामले डढेर कालो भएको छालालाई घरेलु सामानहरु प्रयोग गरेर पहिलाको जस्तै गोरो र चम्किलो बनाउन सकिन्छ ।
चाहिने साम्रग्रीहरु
सबै भन्दा पहिला एउटा कचौंरा लिने ।
(दुई चम्चा दही
(एक चम्चा बेसन
(आधा काटेको टमाटर
(एक चम्चा मह
यी सबै कुरालाई राम्रोसंग घोल्ने त्यहाँ बेसनको साना साना दानाहरु बन्न सक्छ । त्यसलाई मिक्स् गरिसकेपछि अनुहार, घाँटी र गर्दनमा राम्रोसंग लगाउने ।
यो लेपलाई १५ देखी २० मिनेटसम्म राख्ने त्यसपछि मनतातो पानीले पखाल्ने । यो प्रकिया एक हप्तासम्म दोहोर्याउने । यसले तपाईको छालालाई सुन्दर र गोरो बनाउँछ ।