काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिस्ट डा। बाबुराम मरासिनीले बताएका छन्। पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा। मरासिनीले उल्लेख गरेका हुन्। डा। मरासिनीले समग्र देशको संक्रमणको स्थितिभन्दा पनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको प्रष्ट पारेका छन्। उपत्यकाभित्रका सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उनले बताए। सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उनको भनाइ छ।
नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको उनको ठम्याइ छ। सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको हो। कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत थियो,ु उनले भने, ुपरिणामस्वरुप अहिलेको स्थिति आयो।ु
सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९र१० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पुर्याएको उनको भनाइ छ।
पछिल्लो तीन दिनयताको संक्रमणको स्थिति हेर्ने हो भने डा। मरासिनीले भनेजस्तै कोरोना संक्रमण नियन्त्रणबाहिर गएको देखिन्छ। शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो। जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए।
आइतबार २ हजार ७१ जना मानिसमा संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन्। सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएका छन्। सोमबार नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ। यसरी दिनप्रतिदिन संक्रमणको दर बढ्दै जानुले संक्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको भन्न सकिने अवस्था छ।