राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पत्थरीको यसरी गर्नुस् उपचार (घरेलु टिप्स)

काठमाडौं । पछिल्लो समय मृगौलाको पत्थरीका बिरामी एक आम समस्या बनेको छ। पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ।

महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ। पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ।सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ।पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने,पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ।

जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ। गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ। आज हामी पत्थरीको घरेलु उपचार विधि बताउन गइरहेका छौँ । जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न सहयोग गर्दछ।

बनाउने तरिकाःकागतीको रस ६० मिलिलिटर र ६० मिलिलिटर ओलिव ओइल मिसाउने। मिक्स गरिसकेपछि यसलाई पिउने। यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ। कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी सामग्री हुन्।

–प्याजः प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ। बनाउने विधिः एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने। प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने। यो रसलाई बिहान खाली पेटमा पिउने। यसरी प्याजको रस नियमित रुपमा पिउनाले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ।

–ज्वानोः नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ। बनाउने विधिः करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने। उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस्। पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस्। पत्थरी निकाल्नको लागि यो एक लाभदायी चिज हो।