एक अनुसन्धानले गुलियो पेयपदार्थ सेवनका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।
हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् ( कारण जे भए पनि ( उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।
सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।
महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ।
प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ, प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।
यी हुन् जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय
बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् :
रुघा, खोकी तथा ज्वरो
यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो ।
यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टिएलर्जिक होमियोप्याथिक औषधि रोगीको लक्षणअनुसार दिइन्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । संक्रमित भएको अवस्थामा तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनुहुँदैन । तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानुहुँदैन । बाइक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिंक, आइसक्रिमबाट टाढा रहनुपर्छ । यस मौसममा केटाकेटी र बुढापाकाको विशेष ख्याल राख्नुपर्छ ।
टन्सिल
बालबालिकामा टन्सिलको समस्या आमरूपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन सक्छ । यो समस्या भएमा घाँटीमा दुखाइ महसुस, खाना खान, बोल्न समस्या, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नुहुँदैन ।
दम
दम एक किसिमको एलर्जिक रोग हो । दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । रातको समयमा, चिसो बढेका वेला तथा जाडोमा एलर्जी एटेक हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । औषधि चिकित्सकको सल्लाहविना बीचमा छाड्नुहुँदैन ।
जोर्नीको दुखाइ
उमेरले खाइसकेका वृद्ध–वृद्धामा बदलिँदो मौसममा हात खुट्टाका जोर्नी दुख्ने समस्या बढी देखिन्छ । चिसो बढेको वेला ज्वान्टस पेन जसलाई पनि हुन सक्छ । तर, वृद्ध–वृद्धाको हड्डी कमजोर हुने भएका कारण चिसोले बढी प्रभावित गर्दछ । अर्थराइटिस, सानो जोर्नीमा दुखाई, घुँडाको दुखाइ असहनीय हुन्छ । यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर निस्किने गर्नुहुँदैन । जोर्नीमा तातो सेकाइका लागि पट्टी या हट ब्यागको प्रयोग गर्न सकिन्छ ।
सामान्य किसिमको व्यायाम नियमित रूपले गर्नुपर्छ । होमियोप्याथिक औषधिको साथसाथै योगा तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाइबाट आराम मिल्छ । साथै नियमित औषधिको सेवन गरिराख्ने तथा चिकित्सकसँग वेला–वेलामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराइरहने गर्नुपर्छ ।
लामखुट्टेबाट फैलिने रोग
यस मौसममा लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया, चिकनगुनिया आदि रोग लाग्ने सम्भावना पनि रहन्छ । यदि सुरुमै यो रोगको पत्ता लाग्यो भने वेलैमा उपचार गरेमा यी रोग बढ्नबाट रोक्न सकिन्छ । डेंगु वा चिकिनगुनिया भाइरसबाट हुने रोग हो । ज्वरोको साथै ज्वाइन्टस पेन, मांसपेशी दुख्ने, शरीरमा रातो–रातो डाबर देखिने हुन सक्छ । यसबाहेक पेट खराब हुनु, कमजोरी महसुस हुनु, रिगंटा लाग्नु, बान्ता हुनु, पातलो दिसा पनि आउन सक्छ ।
मलेरिया ज्वरो साँझपख या रातितिर बढ्छ । यस रोगमा ज्वरोको साथै काम्ने जाडो पनि आउँछ । यस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्छ । रोगलाई बढ्न नदिन वेलामै उपचार गराउने गर्नुपर्छ । यसबाट बच्न घरको वरिपरि पानी जम्मा हुन दिनुहुँदैन । लामखुट्टे मार्ने औषधिको प्रयोग गर्नुपर्छ । पूरा बाहुला भएको लुगा लगाउने तथा झुलको प्रयोग गर्ने, मच्छर भगाउने क्वाइल या लिक्विड लगाउने, बदलिँदो मौसममा हुने रोगबाट बच्न सरसफाइका साथै खानपानमा विशेष ध्यान दिनुपर्छ ।
झोलिलो पदार्थ दालको सुप, ग्रिन टी, तुलसी चिया, अदुवा हालेको चिया, लेमन टी, हट लेमन ड्रिंक आदि यस मौसममा सेवन गर्नु लाभदायक हुन्छ । रोगका लक्षण देखिना साथै चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।