राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

रिसाएकी श्रीमतीलाई फकाउन सक्नु भएन ? यी ५ उपाय अपनाउनुहोस् कहिल्यै रिसाउँदिनन्

काठमाडौं। श्रीमान–श्रीमती एकै रथका दुई पांग्रा भनिन्छ । एउटामा समस्या आएको जीवनको रथ अघि बढ्न सक्दैन वा बढी हाले पनि समस्या झेल्नु पर्छ । त्यसैले श्रीमानले श्रीमती र श्रीमतीले श्रीमाानलाई एकअर्काको भावना र इज्जत प्रतिष्ठाको सम्मान र कदर गर्दै खुसी पार्नु पर्छ । तर, कहिले काहीँ यी सबै अपनाउँदा पनि एक अर्कामा मनमुटाव र बेखुसी हुने देखिन्छ । तर रिसलाई नियन्त्रण गर्न सकिएन भने ठुलो दुर्घटना समेत निम्तिने गर्छ ।

कतिपय अवस्थामा त महिलाहरु निकै सेन्सेटिभ समेत भइदिन्छन् जसका कारण पुरुषहरुलाई समस्यासँग झेल्न निकै गाह्रो पर्छ । रिसाएको मानिससँग जहिले पनि शान्त व्यवहार गर्नुपर्छ । तर, रिसको स्वभाव भएका मानिसहरु यस्ता कुरालाई वास्ता गर्न चाहँदैनन् । दुवै जनाले रिसाहा स्वभाव देखाएमा अवस्था झन् खतरनाक बन्नेगर्छ । यहाँ चर्चा गर्न खोजिएको विषय पनि कसरी दुवैजनाकोबीचको सम्बन्ध सुमधुर बनाउने भन्ने हो ।

१. शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदि तपाईकी श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफू शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् ।

२. कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् ।

३. जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।

४. महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् ।

५. यदी तपाईको बच्चाहरु छन् भने उनीहरुसँग पनि उपाय लिनसक्नु हुन्छ । प्राय बच्चाहरुसँग महिला नजिक हुने गर्छन् । उनीहरुलाई पनि महिलाहरुको समस्याबारे थाहा हुन्छ । यसले पनि ठुलो मदत दिने काम गर्छ ।