राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पिसाब रोक्ने बानी छ ? याे पढ्नुहाेस यस्ताे खतरा हुन सक्छ

के तपाईको पिसाब रोकेर बस्ने बानी छ ? यदि छ भने आजै हटाउनु होस किनकी यसले तपाईको स्वास्थ्यमा थुप्रै समस्या निम्त्याउन सक्छ । दुई वा तिन घण्टा भन्दा बढी पिसाब रोकेमा तपाईको स्वास्थ्यमा यस्ता समस्या आउन सक्नेछ ।

मांसपेशी कमजोर ः
पिसमब रोक्दा मूत्र थैली तन्किन्छ र मूत्र थैलीको मांसपेशी कमजोर भई पीडा पनि हुन थाल्छ ।

मृगौला पत्थरीः
पिसाबमा यूरिया र एमिनो एसिडजस्ता टक्सिन हुनेहँुदा लामो समय पिसाब रोक्दा टक्सिन मृगौलासम्म पुगेर पत्थरीको समस्या आउन सक्छ ।

 

मूत्र नलीको संक्रमणः
लामो समयसम्म पिसाब रोक्दा पिसाब थैलीमा ब्याक्टेरिया जम्मा हुन थाल्दछ त्यो ब्याक्टेरिया मूत्र नलीमा गई संक्रमण हुन्छ ।

पिसाब थैली सुन्निनेः

यसो गर्दा पिसाब थैली सनिएर पिसाब गर्ने समयमा निकै पीडा पनि हुनसक्छ ।

 

मृगौलाले काम गर्न बन्द गर्छः
धेरैसमयसम्म पिसाब रोक्दा मृगौलामा दबाब परी मृगौलाले पूर्ण रुपमा काम गर्न नै बन्द गरिदिन सक्छ ।

 

पिसाबको रंग परिवर्तन हुनुः
लामो समयसम्म पिसाब रोकेर राख्दा पिसाबमा ब्याक्टेरिया बन्न थाल्छ । यसका कारण पिसाबको रंग गाढा र गन्धयुक्त हुने गर्दछ ।

पिसाबको रंगबाट रोगको संकेतः

गाढा पहेंलो रंगः

यो रंगले कलेजो, जन्डिस र रगतको कमीको संकेत गर्दछ । थुप्रै पटक औषधीका कारण पनि यसको रंग गाढा हुने गर्दछ ।

गाढा रातोः

यो रंग मलेरिया वा मृगौलाको खराबीको संकेत हुनसक्छ ।

 

दुधजस्तो सेतो रंगः

यो रंग पिसाबमा धेरै ब्याक्टेरिया हुनु, एलर्जी र मृगौला पत्थरीको संकेत हुन सक्छ ।

 

रातोः

यो रंग मृगौला पत्थरी वा ट्युमरको संकेत हुनसक्छ । औषधीको असरका कारण पनि पिसाबको रङ रातो हुनसक्छ ।

 

निलोः

यो रंग पिसाबमा धेरै मात्रामा ब्याक्टेरिया हुनुको संकेत हुनसक्छ । थुप्रै पटक पिसाबको निलो रङ कृत्रिम रंङ खाँदा पनि हुने गर्दछ ।

 

गाढा खैरो रंगः

यो रंग कलेजोको खराबी वा जन्डिसको संकेत पनि हुनसक्छ ।

 

चकलेट रंगः

यो रंग पत्थरी, मृगौलामा रगत जम्नु वा ट्युमरमा जमेको रगत पिसाबमा आएको संकेत हुनसक्छ ।