राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भिजाएको कपडा फ्रिजमा राख्दा फाइदै फाइदा

कपडा भिजाएर फ्रिजमा राख्नु, सुन्दै पनि अचम्म लाग्ला तर अचम्ममा नपनृुहोस् किनकी यसो गर्नु धेरै राम्रो हो । भिजाएको कपडा प्लास्टिकमा राखेर फ्रिजमा राख्नाले हामीलाई धेरै फाइदा हुने गर्दछ ।

यसो गर्दा कपडाको आयु बढ्ने देखी अन्य धेरै फाइदा हुने एक अनुसन्धानले देखाएको छ । यसरी कपडालाई भिजाएर फ्रिजमा राख्दा कपडाको रेशाहरु ब्लियो भई कपडा लामो समयसम्म टिक्ने गर्दछ ।

यसो गर्दा कपडाको भुवा निस्कने समस्या कम हुने र रंग जाने समस्याबाट समेत छुटकरा पाउन सकिन्छ ।

साथै माइनस सात डिग्री सेलसियसमा सबै ब्याक्टेरिया मर्ने हुदा कपडाबाट हुने संक्रमणबाट जोगिनुको साथै कपडाबाट दुर्गन्ध समेत हटेर जान्छ ।