राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्यान्टको पछाडी खल्तीमा पर्स बोक्नु खतरा! लाग्न सक्छ यस्ता खतरनाक रोग

प्राय: नेपाली पुरुषहरु सबैको बानी हो प्यान्टको पछाडीको खल्तीमा पर्स राख्ने । सायद यो बानी तपाईको पनि हुन सक्छ । यदि छ भने हटाउनुहोस त्यस्तो बानी किनकी यसो गर्नु मानब स्वास्थ्यको लागी हानिकारक हुन्छ ।

यसो गर्दा ढाड तथा गोडा दुख्ने समस्या निम्तिन सक्ने एक अध्यानले देखाएको छ । प्राय सबै मनिसहरु पछाडी खल्तीमा पर्स बोक्ने बानीका कारण अनेकौ प्रकारका दुखाई झेलिरहेका हुन्छन ।

पछाडी खल्तीमा वालेट बोक्नु सामान्य कुरा हो । यसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पार्दछ भन्ने ज्ञान नभएका कारण हामी यस्तो काम गरिरहेका हुन्छौ । यस्ता वालेट नगद, एटिएम, लाईसेन्स, बिलबुक तथा आवश्क कागजात आदीले भरिएको हुन्छन ।

कुर्सीमा होस या गाडीको सिटमा बस्दा तपाईको वालेट पछाडी खल्तीमानै हुने गर्छ । जसले गर्दा तपाईको एक नितम्ब अर्काे भन्दा अग्लो हुने गर्छ । वालेटका कारण तपाईको स्पाइनल मात्र नभई वालेटले ढाक्ने जति मांशपेशीमा नराम्रो असर परिरहेको हुन्छ ।

पछाडी वालेट बोक्दा हामीलाई असजिलो त हुन्छ नै तैपनि हामी त्यो असजिलोलाई बेवास्ता गछौं, किनकी हाम्रो शरीर सँग त्यस्ता असन्तुलन पचाउने क्षमता हुन्छ ।

तर लामो समयसम्म यसरी बसिरहदा स्पाइनलमा दबाव परि दुःखाई बढ्छ र यसको कारण गोडा, नितम्ब आदि दुख्न थाल्छ , यसलाई ‘वालेट न्युरोप्याथी’ पनि भनिन्छ ।

र यो रोगलाई हिपपकेट सिन्ड्रोम वा पिरिफर्मिस सिन्ड्रोम पनि भनेर चिनिन्छ ।