राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

गर्मीमा माइग्रेनकाे खतरा झन बढी, यस्ताे छ धरेलु उपाय

माइग्रेन एक न्युरोलोजिकल समस्या हो । जस कारण टाउकोको दुखाइ बढ्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउन एकदमै गारो हुन्छ । माइगे्रन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसका कारण चर्को गरी टाउको दुख्छ ।

यसको खतरा गर्मीमा झन बढ्ने डमक्टरहरु बताउछन । गर्मीमा तापक्रम बढी हुन्छ र घामको तेजका कारण माइगे्रनको दुखाई बढ्छ । साथै गलत खानपान, वायु प्रदुषण, सोडा, चिया पेयपदार्थ, क्यफिन युक्त पदार्थको सेवनले माइगे्रन बढ्छ र यसैगरी शरिरमा अक्सिजनको मात्रा कम भएमा समेत यसको दुखाई बढ्न सक्छ ।
यो समस्या पुरुषमा भन्दा बढी महिला हुने एक अध्यानले देखाएको छ । हर्मोनको असन्तुलन तनावपुर्ण जिवनले गर्दा महिलामा यसको खतरा बढी हुने गर्दछ ।

के गर्नु पर्छ ?
शुद्ध घ्यू खाने
माइग्रेनको लागि विभिन्न घरेलु उपायमध्ये एक प्रभावकारी उपाय घरमा बनाएको शुद्ध घ्यू हो । यसको दुई थोपा नाकमा हालेर पल्टिटने जसले नाकलाई सफा गर्छ । र माइग्रेनबाट छुटकारा मिल्छ ।

बरफले मालिस गर्ने
माइग्रेनबाट तुरुन्तै छुटकारा पाउनको लागि अर्को उपाय भनेको बरफले मालिस हो । साथै, मनतातो पानीमा तौलिया भिजाएर गर्दनमा राख्दा पीडा कम हुन्छ ।

ओलिभ तेल
एउटा भाँडोमा पानी उमाल्ने र त्यसमा ओलिभको तेल हाल्ने र टाउकोमा लगाउने । त्यसलाई तौलियाले बेर्ने र बाफ लिने । १५÷२० मिनेट बाफ लिएपछि माइग्रेनको दुखाई कम हुन्छ ।

बन्दागोभी
बन्दागोभीको पात पिसेर काँध र गर्दनमा लगाउँदा माइग्रेनको समस्या कम हुन्छ ।

काक्रो र गाँजर
असहनीय पीडा भएका काक्रो र गाँजरको रस निकालेर पिउँनुपर्छ । यसले तुरुन्त आराम प्रदान गर्छ ।

के नखाने ?

आइसक्रिम र चिसो खानेकुरा
गर्मीमा आइसक्रिम र चिसो खानेकुरा धेरै खाने गरिन्छ । अत्याधिक चिसो खानेकुराले माइग्रेनको दुखाई बढाउँछ । व्यायाम गर्नेवित्तिकै यस्ता खाद्यपदार्थको प्रयोग गर्नुहुँदैन ।

चकलेट
चकलेटमा क्याफिनको मात्रा बढी हुन्छ । यसमा बिटा– फेनिलेथाइलामिन नामक तत्व हुन्छ । जसले रक्त तन्तुहरु तन्काउने काम गर्छ जुन माइग्रेनका विरामीहरुका लागि एकदमै हानिकारक हुन्छ ।

पनीर
गर्मीमा पनीर खानु माइग्रेनबाट पीडितहरुका लागि बेफाइदाजनक मानिन्छ । सुख्खा मेवा, केरा र सुन्तला पनि माइग्रेन रोगीहरुका लागि हानिकारक हुन्छ ।

नुन
यस्स्तो अवस्थामा धेरै नुन, अचार र खुर्सानी खादाँ माइग्रेनको दुखाई बढ्छ र असह्य पीडा हुन्छ । भने फास्ट फुडहरुले झन दुखाई बढाउँछ ।

चिया वा कफि
चिया वा कफि सेवन गर्ने मानिसमा क्याफिनको मात्रा बढ्दै जान्छ र यसले दिमागको नसाहरुमा रुकावट गर्छ जसले गर्दा रक्तसञ्जार ढिलो हुन जान्छ जुन माइग्रेनको कारण बन्न सक्छ ।