राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

निन्द्रा लगाउने सजिलाे उपाय

प्राय मनिसहरु रातभरी निन्द्रा नपरेर एता उता फर्केर उज्यालो बनाउछन् । धेरै थकाई लाग्दा पनि निदाउन नसकेर तनाब धेरैलाई हुन्छ ।

निन्द्रा कसरी पर्छ भन्ने विषयमा धेरै धारणहरु रहेको पाइन्छ, जस्तै मन तातो दूध पिएर सुते निन्द्रा भन्छन कोही भेडा गनेर बसे निदाइन्छ भन्छन तर यो आफैमा रामवाण भने होइन ।

हामी यहाँ तपाईंलाई सही तरिकाले श्वास लिएर छिट्टो निद्रामा पर्ने प्रभावकारी विधि सिकाउँछौं । तपाईंले यो विधि नियमित रूपमा अपनाउनुपर्ने हुन्छ । बिहान उठेपछि अनि बेलुका सुत्नेबेलामा यो विधि अपनाउनुस ।

यो विधिले तपाईंलाई आनन्ददायक निद्रा दिन्छ अनि तनावपूर्ण स्थिति, उच्च रक्तचाप र प्यानिक आक्रमणलाई पनि रोक्छ ।

श्वास भित्र तान्नुस् शुरूमा जिभ्रोलाई अघिल्लो दाँतको भित्रपट्टि मुखको च्यापुमा लगेर टाँस्नुस् । त्यसपछि बिस्तारै सास तान्नुस् अनि मनमनै चारसम्म गन्नुस् ।

सास रोक्नुस् अब शान्त रहेर सास रोक्नुस् र सातसम्म गन्नुस् । तपाईंको शरीरले अब अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र तपाईंको शरीरले आनन्द महसूस गर्छ ।

सास बाहिर फाल्नुस् सास बाहिर फाल्दा आठसम्म गन्नुस् । तपाईंले सकेसम्म विना अवरोध सास बाहिर फाल्नुपर्ने हुन्छ । शान्तखालको स्स्स्स् आवाज सुन्नुभयो भने तपाईंले सही गर्दै हुनुहुन्छ । बिस्तारै सास बाहिर फाल्दा प्रयोग भएको हावा तपाईंको शरीरबाट पूरै निस्केको संकेत हो । यसको राम्रो साइड इफेक्ट भनेको तपाईंको नाडीको चाप घट्छ र तपाईं थप शान्त हुनुहुन्छ । तनाव घटेको तपाईंले सजिलै थाहा पाउनुुहुन्छ ।

अलिकति अभ्यास गर्नुभयो भने यो जस्तो स्थितिमा पनि काम गर्छ । तपाईंलाई भयंकर तनाव वा त्रासको स्थिति भयो भनेपनि यो गर्दा शरीर सेकेन्डभरमै शान्त हुन्छ । उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो । मिलाएर सास फेर्दा यो सम्भव छ ।

शुरूमा बिहान र बेलुका चारचोटि यो अभ्यास गर्नुस् । दुई महिनापछि भने आठचोटि गर्नुस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । अनेकथरी औषधी खानुभन्दा यो विधि अपनाएर मजाले सुत्न सकिन्छ ।