राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

चलचित्र ‘बिहे पासको छायांकन विराटनगर बाट सुरु

काठमाण्डौं १३ चैत । चलचित्र ‘बिहे पासको छायांकन सुरु भएको छ । विराटनगरको एक मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक प्रवेश पौडेलले बताएका छन् । यो चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुने भएको छ ।

त्यसैगरी चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने छ । चलचित्र ‘उत्सव’मा काम गरेपछि प्रकृती अष्ट्रेलिया पुगेकी थिइन् । उनले, ६ बर्षपछि चलचित्रमा काम गर्न लागेकी हुन् । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा रहेका छन्। चलचित्रमा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ । नेपाली चलचित्रको रिलिज मिति बारम्बार पछि सरिरहेको समयमा निर्माताले चलचित्र भने निर्माण गरिरहेका छन् । यो ‘बिहे पास’को कथावस्तु रोचक रहेको निर्देशक पौडेल बताएका छन् ।