राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

टेलिसिरियल ‘जुठे’ दर्शकबाट राम्रो माया पाउदै

काठमाण्डौ १० चैत ।
गत बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण शुरु भएको टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ बल्छी धु्रबे र राजु श्रेष्ठ ९राजुमाष्टर०ले लेखन तथा निर्देशन गरेका हुन् । लेखक तथा निर्देशकमध्येका एक मरिचमानले सिरियललाई लिएर दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरुलाई उर्जा थपेको बताए ।

उनले सुरुवातमा युटुबमा मात्र सार्वजनिक गर्ने सोचले यो शोको परिकल्पना गरिएतापनि पछि आएर टेलिभिजनसँग जोडिएको बताए । यो सिरियल हिमालय टेलिभिजनमा बुधबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।

सिरियलमा रबि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, रामबाबु रेग्मी, शर्मिला शर्मा, मरिचमान श्रेष्ठ, राजु पौडेल, स्वानीका बास्तोला, सरिता ढुंगाना, प्रतिज्ञा भण्डारी, रुक्मिला अधिकारी, दिपेन्द्र तिमिल्सिना लगायतको अभिनय रहेको छ । सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका छन् भने रविन भट्टले सम्पादन गरेका छन् ।