राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘कहिले भन्थ्यौ डियर’ गीतको भिडियो सार्वजनिक

गायिका मेलिना राई र गायक प्रताप दासको स्वर रहेको नयाँ गीत ‘कहिले भन्थ्यौ डियर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा घनश्याम ओलीको शब्द रहेको छ भने लोकप्रिय संगीतकार बसन्त सापकोटाको संगीत रहको छ । महाराज थापा गीतका एरेन्जर हुन् ।

सार्वजनिक भिडियोमा सहिन प्रजापति, कुशल बिष्ट, जुना सुन्दास र बिना राउतको अभिनय छ । गीतको भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्षले पनि मन छुन्छ । नवराज उप्रेतीले खिचेको भिडियोका अर्जुन पोख्रेल सम्पादक हुन् । भिडियोमा कन्सेप्ट तथा निर्देशन सहिन प्रजापतिको छ ।