राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘किरिम पाउडरले’ पछि ‘भन्नु पो नभाको’ ल्याएर आए गायक सुजन विश्वकर्मा

चर्चित गायक सुजन विश्वकर्माको भन्नु पो नभाको बोलको धमाकेदार गित सार्वजनिक भएको छ । किरिम पाउडरले बोलको गित गाएर चर्चामा आएका गायक सुजन विश्वकर्माले आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गितमा गायक सुजनले स्वयंम अभियन गरेका छन् । केहि वर्ष अघि किरिम पाउडरले बोलको गित गाएर चर्चामा आएका थिए सुजन विश्वकर्मा । त्यतिबेला किरिम पाउडर गित टिकटक लगायत सामाजिक संजालमा भाइरल बनेको थियो । यसपालि पनि भन्नु पो नभाको गितलाई निकै मिहिनेत गरेर निकै राम्रो बनाएका छन् ।

भिडियोमा गायक सुजनका अलावा मालति लकान्दरी, प्रमेश लोहोनी, श्याम कुमार लोहोनि, भिक्टर सिंह, सुनिता सिंह, खुशी लगायतका दमदार अभियन गरेका छन् । पंकज शंकरको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश बराइलिले सम्पादन तथा छायांकन गरेका हुन् । दुबईमा सुटिङ गरिएको गितलाई धेरै दर्शक तथा स्रोताहरुले मन पराएका छन् । भिडियो निर्देशन प्रकाश बराइलीले गरेका छन् । भिडियोले दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको सुजन विश्वकर्माले बताएका छन् । भिडियोलाई रातोपर्दा टिभी नामक युट्युब च्यालनमा गएका हेर्न सकिन्छ ।