राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘भटभटे माइला’को नयाँ सिरियल “हरेक पल”को ट्रेलर सार्वजनिक

‘भटभटे माइला’को नामले चर्चीत कलाकार बेगम नेपालीको नयाँ टेलिसिरियल “हरेक पल” को ट्रेलर सार्वजनिक भएको छ । “गार्हो छ” नामक हांस्यब्यंग्यात्मक टेलिसिरियल निर्देशन गर्दै आएका बेगम नेपालीले भावनात्मक तथा नयाँ टेलिसिरियलको सुरुवात गरेका हुन् । “गार्हो छ”को सफलतापछि सामाजिक कथा बोकेको “हरेक पल” नामक सिरियलमा बेगम नेपाली, रिस्ता बस्नेत, मनराज श्रैष्ठ, लोकेन्द्र लेखक, बिमला गिरि, लक्ष्मीनाथ तिम्सिना, रमेश बुढा मगर लगायतको मुख्य भुमिका छ ।


बेगम नेपालीको लेखनमा बनेको सिरियललाई मनराज श्रेष्ठले निर्देशन गरेका छन् । फिल्मले नेपाली समाजभित्रकै प्रेम कथालाई फरक तरिकाले प्रस्तुत गर्न खोजेको देखिन्छ । टेलिसिरियल फागुन २४ गते बिहिवार बेलुका ७ः३० बजे ‘भटभटे माइला’ नामक युट्युब च्यानलबाट प्रशारण हुँदैछ ।

 

“गार्हो छ” को अपार सफलतापछि “हरेक पल” ले पनि दर्शकहरुको माया पाउने बेगम नेपाली बताउँछन् । “गार्हो छ” को १९१ भाग पुगिसकेको छ, “गार्हो छ” जस्तै “हरेक पल” लाई पनि करोडौँ दर्शकहरुले माया गर्ने विश्वास गरिएको छ । ट्रेलरलाई दर्शकहरुले अत्यधिक मन पराउनुका साथै राम्रो प्रतिक्रिया दिएका छन् ।