राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आयो बिमता घर्ती मगरको ‘फुल हजार’

सरर जाम साईली पछि गायिका बिमता घर्ती मगरको नयाँ गित फुल हजारको भिडियो रिलिज भएको छ । सरर जाम साईलीबाट चर्चा बटुलेकी रोल्पाली गायिका बिमता पछिल्लो समयमा निकै चर्चामा छिन् ।रोल्पा माडी गाउँपालिका वडा नंं २ घर्तीगाउँमा जन्मिएकी उनी पछिल्लो समय एक पछि अर्को सुपरहिट गित दिन थालेकी छिन् ।

बिमताले संगित यात्रा सानै उमेरमा देखि सुरु गरेकी हुन। उनी पहिला रोल्पा माडी गा।पाको एउटा सरकारी विद्यालयमा अध्ययन गर्दै गर्दा बिभिन्न शुक्रबारे कार्यक्रम भाग लिने गर्थिन र उनी विभिन्न कार्यक्रमहरूमा भाग लाग्नुका साथै ति भाग लिएका सबै विधाहरुमा सफलता हात पर्नेमा खपिस देखिन्थिन् । पछि विस्तारै पढाई यात्रा निरन्तरता दिदै +२ सम्म पुर्याएकी छन् विध्यालयका विविध कार्यक्रमकै सफलताले गर्दा उनी बिस्तारै संगीत यात्रामा र गित गाउनु भन्दा पहिला म्युजिक भिडियो को मोडलमा अगाडि बढ्नको लागि काठमाडौंतिर लागिन र उनीले तेहि समयकै बावजुद काठमाडौँमा विभिन्न क्षेत्रका बिगे ब्यक्तित्वहरुसँग भेट गरिन ।

विभिन्न क्षेत्रका बिगे ब्यक्तित्वहरु र गायक सेन्चुरी लगायतका ब्यक्तीहरुसँगको भेट पछि उनी स्टुडियोमा गित रिकर्ड गर्न बिचार गरिन तेस्पछी खेम सेन्चुरी र बिमता घर्तीले लेखेको गितलाई शब्द सुदिृकरण गर्नको लागि नेत्र अर्याललाई दिईन र शब्द आभ्यासको क्रम सकिएपछि उनी र खेम सेन्चुरी बिच गित रिकर्ड गरि बजारमा सरर जाम साईली जस्ता केहि गितहरु ल्याउन सफल रहिन तेहि गितले निकै चर्चाको शिखर चुम्न सफल बन्नीन । हालसम्म ५० ओटा गितहरु बजारमा ल्याउन सफल बनेकी छन्।