पत्थरको मुटु र विजय पुन एकअर्काको पर्यावाची जस्तै बनेका छन् । पत्थरको मुटु बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विजय पुनको नयाँ म्युजिक भिडियो झलिको युट्युबमा रिलिज भएका छ ।
विजय पुन पत्थरको मुटु नामक युट्युब च्यानल मार्फत रिलिज भएको भिडियोमा विजय पुन,पेरिशा कँडेलको जोडिले अभियन गरेका छन् । वियोगान्त लभस्टोरीमा फिट हुने मोडल विजय पुनले झलिकोमा जिवन्त अभियन गरेका छन् । त्यस्तै सारांगकोटको डाँडैमा बोलको म्युजिक भिडियोबाट चर्चित भएकी मोडल पेरिशाको अभिनय पनि कम छैन् ।
उनले पनि यो गीतमा जिवन्त अभिनय गरेकी छिन् । एउटा सामान्य परिवारमा हुर्किएको सोझो केटो र गाउँको हुने खाने घरमा जन्मिएको केटीको प्रेम कथालाई निर्देशक सागर बाबु भट्टले पर्दामा उतारेका छन् । गायिका विन्दु परियार र कृष्ण रेउलेले आवाज दिएको गीतले धेरैको मन छुन्छ ।
धम्पुसमा सुट गरिएको गीतमा झण्डै ४ लाख लगानी निर्माण भएको निर्माण पक्ष बताउँछ । यो भिडियोलाई मोडल विजय पुन आफैले निर्माण गरेका हुन् । टिकटक हुँदै नेपाली सांगितकि दुनियाँमा छाएका विजयले घर कता हो बैनीको, भाग्यमै नभएको मान्छे, कंचन, उस्को त विहे भयो अरे लगायतका थुप्रै हिट म्युजिक भिडियोमा अभिनय गरेका छन् ।