राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सिराहाको घटना स्थलमा गोइत समूहको पर्चा भेटियो

१ चैत, काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको बताईएको छ ।