राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मन्त्री चौधरीद्धारा पदभार ग्रहण

लुम्बिनी,२९ साउन । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरीघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताउनुभयो । त्यसैगरी ग्रामीन बस्तीलाई पर्यटन संग जोडेर रोजगार सिर्जना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री चौधरीले बताउनुभयो । देशमा अहिले कारोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा सबै बाच्नु पर्छ र बचाउनु पर्छ भन्दै कार्यकर्ताहरुलाई सजग रहन आग्रह गर्नुभयो ।