रोल्पा,२७ साउन । रोल्पामा खोलाले बगाउदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीका अनुसार सुनछहरी गाउपालिका वडा नं. ७ लुङग्री बस्ने ३२ बर्षीय ओमप्रकास पुन स्थानिय खहरे खोलाले बगाउदा आज बिहान मृत भेटिनुभएको हो ।
मंगलबार बेलुकी ६ बजे खहरे खोला तर्ने क्रममा बेपत्ता हुनुभएको थियो । उहाँको खोजि गर्ने क्रममा स्वर्गद्धारी नगरपालिका ५ मादी खोलामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको उहाँले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।