विप्लबबाट विद्रोह गरेका नेता ओम प्रकाश पुन माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित भएका छन् ।केहि दिन अघि विप्लब नेतृत्वको नेकपाबाट सयौँ नेता कार्यकर्ता सहित विद्रोह गर्दै माओवादी केन्द्रसँग धुव्रिकरण गरेका पुनलाई आज बसेको माओवादी केन्द्रको पुर्ण बैठकले केन्द्रिय सदस्य मनोनित गरेको हो ।
पुन यसअघि विप्लब नेतृत्वको नेकपामा सुदुरपश्चिम इन्चार्ज (सेती महाकाली इन्चार्ज) तथा पिबिएम थिए । पुनसँगै विप्लबबाट विद्रोह गरेका रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनेका छन् ।
वर्तमान समयमा टुटफुट होइन् एकजुट हुनुपर्ने भन्दै विप्लबाट गरेर उनीहरु माओवादि केन्द्रमै फर्किएका थिए ।
माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।
पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।
यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।
माओवादी विधानमा वैकल्पिक केन्द्रीय सदस्य कूल संख्याको २५ प्रतिशत बनाउने उल्लेख छ। त्यही आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको माओवादीका केन्द्रीय कार्यालय मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश गरेका छन्।