काठमाडौँ क्षेत्र नंम्बर १० का प्रतिनिधीसभा सदस्यका एमाले उम्मेदवार हिमेश केसीले मतदाताहरुलाई विवेक प्रयोग गर्न आग्रह गरेका छन् । उनले आम मतदाता तथा शुभेच्छुकहरुलाई प्रलोभनमा नपरि आफ्नो मताधिकारको सहि सदुपयोग गरि ५ वर्षको लागि सहि मान्छे चुन्न पनि अपिल गरेका छन् ।
एक कार्यक्रममा बोल्दै उनले विगत १० वर्षमा कांग्रेसका राजन केसीले विकासको नाउँमा विनास गरेको र सिन्को नभाचेको भन्दै अब मतदाताले भोट दिँदा सोच्नुपर्ने बेला आएको बताए ।’विगतमा १० वर्ष राजन केसीले के गरे रु सम्झन सकिने एउटा काम पनि गरेका छैनन् । बाटोको हालत खराब छ, मानिसहरु बाटोकै कारण रोगी बनेका छन् । दक्षिणकाली बल्खु जोड्ने सडककै कारण दुर्घटना हुँद अकालमै ज्यान गुमाएका छन् । धुलोको कारण पनि धेरैको स्वास्थ्य बिग्रिएको छ । त्यसैले बेलमै सोचौँ, राजन केसीले काम गर्दैनन् । विगतमा १० वर्ष हेर्नुभयो, अब यसपाली मत बदल्नुस् । केहि गरौँ भनेर आफु राजनितिमा आएको भन्दै उनले एकपटक अमुल्य भोट दिई जनसेवा गर्ने अवसर दिन पनि अपिल गरेका छन् । राजन केसीलाई २ पटक जिताउनुभयो, अब एकपटक मलाई जिताउनुस्, म गरेर देखाउँछु । उनले भने, काठमाडौँ १० लाई नमुना निर्वाचन क्षेत्र बनाउँछु । ‘
भौगोलिक रुपमा प्राकृतिक र सांस्कृतिक रुपले काठमाडौँको सबैभन्दा धनी क्षेत्र भएको भन्दै यो क्षेत्रको विकासको लागि आफुसँग गुरुयोजना भएको पनि बताए । नितिनिर्माण गरेर काठमाण्डौँ १० लाई पर्यटकिय तथा धार्मीक रुपले विकसित बनाउने उल्लेख गरे । साथै उनले चुनावमा पैसाको चलखेल हुने भन्दै आफ्नो भोटलाई पैसामा नसाट्न पनि आग्रह गरेका छन् ।
‘पैसामा भोट साटे, अब ५ वर्ष पछि पनि यस्तै धुलोधुँवा र यो ठाउँको विकास हुँदैन्, त्यसैले विकास र समृछि चाहानुहुन्छ भने म युवा हुँ, मलाई मत दिनुहोला । म विकास गर्छु । केसीले भनेका छन् ।’ साथै घरदैलोको क्रमममा अपार माया देखाएको भन्दै सबैलाई धन्यवाद पनि ज्ञापन गरेका छन् । मत दिँदा एकपटक सोचेर मात्रै मत दिन पनि आग्रह गरेका छन् । पार्टी भन्दा माथि उठेर राम्रो ब्यक्तिलाई मत दिन आग्रह गरेका छन् ।