राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रधानमन्त्री देउवाद्धारा डा.जागेश्वर गौतमको सरुवा स्थगीत

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा। जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्दिनुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो। राज्यमन्त्री श्रेष्ठले डा। गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गर्नुभएको थियो भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई पठाउनुभएको थियो । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा। विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा। रिता भण्डारीलाई पठाउनुभएको थियो । तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाउनुभएको छ ।