राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाण्डौ–राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख गएिको छ ।