राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

रास्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि संसदभवनबाटै गगनले गरे यस्तो ट्वीट

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा ‘मेरो सरकार’ भनेपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युबा नेता तथा सांसद गगन थापाले प्रश्न उठाएका छन् ।

थापाले पनि राष्ट्रपतिको सम्बोधन शैलीमाथि प्रश्न गरेका छन्।

संसदभवनबाटै सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै गगनले भनेका छन्, ‘म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको , यहाँ त राष्ट्रपति ज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भैरहेको छ’, प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन, @PM_Nepal‘ज्यु,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला।’