वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष।
तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– स्वाती, २०:२३ बजेउप्रान्त विशाखा। योग– आयुष्मान्, १९:३३ बजेउप्रान्त सौभाग्य। करण– चतुष्पद, ९:४१ बजेदेखि नाग, २१:२२ बजेउप्रान्त किंस्तुघ्न।
आनन्दादिमा धुम्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी १७ पला। यम-पञ्चक (तिहार), दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि तथा हलो बार्ने औंसी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुनर्मिलनको योग रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुनर्मिलनको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । – ज्यो.प. नारायणप्रसाद दुलाल