राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अनौठो संस्कारः जहाँ वर्षको ५ दिन महिलाले कपडा लगाउँदैनन्

दुनियाँमा कतिपय संस्कार तथा परम्परा र प्रथाहरु यस्ता हुन्छन् जो सुन्दैमा असजिला तथा अनौठा लाग्दछन् ।

भारतको हिमाञ्चल प्रदेशमा बसोबास गर्ने एउटा समुदायमा रहेको एक प्रथा यस्तै खालको छ ।

स्थानीय कुल्लू जिल्लामा पर्ने एउटा गाउँमा शदियौँदेखि यो परम्परा चलिआएको छ । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस परम्परामा पति/पत्नीहरु वर्षको ५ दिनसम्म एक अर्कासँग हसिमजाक गर्न पाउँदैनन् । यतिमात्र कहाँ हो र ? त्यो ५ दिन महिलाहरुले जिउमा सामान्य कपडा पनि लगाउन पाउँदैनन् ।

हरेक वर्षको १७ देखि २१ अगष्ट सम्म हरेक वर्ष यो पर्व मनाइन्छ । ती ५ दिन महिलाहरु सामान्य कपडा होइन उनीबाट बनेको च्यादरले जिउ ढाक्छन् । गाउँमा मदिरा पूर्ण रुपमा बर्जित हुन्छ ।

एजेन्सी