दाङको ड्वापुरमा रहेको हात्तिढुंगा । जो साँच्चिकै हात्तिको खुट्टा जस्तै छ । हेर्दा पनि आनन्द, त्यहाँ पुग्दा झनै मज्जा । दाङको तुलसिपुरबाट झण्डै १ घण्टा बाइकमा यात्रा गर्यो भने पुग्न सकिन्छ यो ठाउँमा । १ विघाहा भन्दा धेरै क्षेत्रफलमा फैलिएको हात्तिढुंगा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यो ५० फिट भन्दा अग्लो छ । यस्को अनौठो कुरा के छ भने, माटोको ढिस्कोले बनेको ५० फिट अग्लो ठाउँमा बस्न मिल्ने गरि ढुंगा अडिएको छ । २०७२ सालमा आएको ठूलो महाभूकम्पले पनि यो हात्तिढूंगालाई हलचल गराएन् । त्यसपछि भने यो ढूंगामा केहि दैविशक्ति हुन सक्ने भन्दै स्थानियहरुले चाँसो देखाउन थालेका हुन् ।
स्थानिय बुढापाकाहरुका अनुशार उक्त स्थानमा कुनै समय पाँच पाण्डवहरु बास बसेको बताएका छन् । अहिले ७० वर्ष नाँघेका स्थानियहरुका अनुशार उनिहरुलाई उनका बाबु बाजेले यहाँ दैविशक्ति भएको र पाँच पाण्डहरु आएर बसेको भनेर बताएको भन्छन् । हिजोआज भने स्थानियहरु सक्रिय भएर प्रचारप्रसार गरिरहेका छन् । यो ठाउँ फिल्म सुटिङका लागि पनि गज्जब गन्तब्य बन्न सक्छ । यो ठाउँबाट दाङको सुन्दर फाँट अवलोकन गर्न सकिन्छ । त्यस्तै पिकनिकको लागि पनि गज्जब गन्तब्य बन्न सकिनेमा दुई मत छैन् ।
हात्तिढुंगा घुम्न जानेहरुको लागि अर्को फाइदा पनि छ त्यो के भने सोही ठाउँ नजिकै जन्ति ढुंगाहरु पनि छन् । बाघकै आकृतिको ढुंगा पनि गज्जबको छ । कुनै समय नेपाली सेनाको टोलीले ढुंगामा कुँदिएको बाघको आकृतिलाई साँच्चिकै बाघ सम्झेर गोलि प्रहार गरेको भनिन्छ । त्यस्तै जन्ति जान भनेर हिडेका मान्छेहरु पनि ढुंगामा विलिन भएको बताइन्छ । त्यसैले हात्तिको खुट्टा जस्तै भएको हात्ति ढुंगा एकपटक अवश्यक घुम्नुहोला ।।