चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ। यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन। यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्।
यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। हिजो प्रसारित कार्यक्रममा कार्यक्रम प्रस्तोता महानायक राजेश हमालले हट सिटमा उपस्थित प्रतियोगिलाइ तपाईं यहाँबाट १ करोड जितेर जाने कि ३ लाख २० हजारमा झर्ने भन्दै प्रश्न गर्छ्न त्यस लगत्तै एक्साईटेड हुँदै ह्वाट इज दिस भनेको सानो भिडियो क्लिप हिजो प्रसारित कार्यक्रममा हेर्न सकिन्छ ।
हट सिटमा उपस्थित ब्यक्तिलाइ भने देखाईदैन । कतै रबि लामिछानेले त जितेनन भन्ने कतिपय अनुमान गरिरहेकाका छन। आखिर कसले जित्यो होला त १ करोड रुपैयाँ ? त्यो जान्न भने आगामी कार्यक्रम सम्म कुर्नुपर्ने हुन्छ ।