राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

३ लाख घुससहित पक्राउ अदालतका नासु

२२ वैशाख, काठमाडौं । अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुरका टाइपिस्ट -नायबसुब्बा)लाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नायवसुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।