काठमाण्डौं १९ चैत । सुन चाँदीको भाउ फेरी बढेको छ । आज बिहिवार सुन भाउ तोलामा ९०० रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ५०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ८५ हजार ६०० मा कारोबार भएको थियो ।
त्यसैगरी तेजाबी सुनको भाउ तोलाको ८६ हजार ५० पुगेको छ भने हिजो बुधबार तोलाको ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको भाउ फेरि तोलाको १२ सय १० रुपैयाँ पुगेको महासंघले नाएको छ । हिजो तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।