काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३७२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिनुका साथै विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको ।
आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
१. आयल निगमको ट्याङकरबाट खुलआम तेल चोरी
वीरगञ्ज । ट्याङकरबाटै पेट्रोलियम पदार्थ चोरी हुनथालेपछि नेपाल आयल निगमले लकर सिस्टम लागु ग¥यो । तर खाने मुखलाई केले छेक्छ र ? ट्याङकर चालकहरुले चोरीको नयाँ उपाय निकालिहाले । भारतीय आयल कर्पोरेशन रक्सौल डिपोबाट पेट्रोलियम पर्दा बोकेर आएका ट्याङकर वीगञ्ज भन्सार नजिक शंकाराचार्य गेट छेउमा पार्किङ गर्छन् । जब साँझ भएपछि सुरु हुन्छ, ट्याङकरको लक तोड्ने र पाइपबाट तेल झिक्ने काम हुन्छ ।
२. परिवारले हरायो भनिएकी छोरी भारतको हरियाणमा भेटिइन्
काठमाडौं । लमजुङ थानसिंहका सन्त कुवरलाई बिहे गरेर दिल्ली श्रीमानको घरमा बस्दै आएकी छोरी हराएको भनि घरका सदस्यले फोन गर्छन् । २० वर्षीया छोरी हराएको सुनेपछि उनको परिवारको निन्द्रा हराउँछ । छोरी हराएको २०, २५ दिन पुग्यो, अनेक प्रयास गर्दा पनि छोरी सम्पर्कमा नआएपछि उनका बुबा हाम्रो कार्यालयमा आए । उनको कुरा सुनेपछि हामीले दिल्लीमा बस्ने सीधाकुरा जनतासँग कार्यक्रमका समर्थक नविन जोशीलाई सन्त कुवरकी छोरी अनिता कुवरका बारेमा बुभ्mन लगायौं ।
३. मेनपावर व्यवसायी र बैदेशिक रोजार विभागका कर्मचारीको यस्तो ठगी !
काठमाडौं । रोजगारीको खोजीमा विदेशीएका हाम्रा आफन्त समस्यामा परे भने पहिलो पटक उजुरी गर्न पुग्ने निकाय भनेको श्रम मन्त्रालय अन्तरगतको बैदेशिक रोजगार विभाग नै हो । तर हामी जुन आशा गरेर विभागमा पुग्छांै, विभागका कर्मचारीको व्यवहारले त्यो आशा निराशामा परिणत हुन्छ । कञ्चनपुरकी चाँदनी ओखेडा, उनका श्रीमान सिद्धार्थ ओखडाले वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर भने जस्तो काम र दाम नपाएपछि सम्झौता अनुसारका काम दिलाइदिन नभए नेपाल फर्काइदिन भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिइन् ।
४. २० लाख खर्च गरेर ३० मिटर नाली निर्माण !
पोखरा । स्थानीय निकायका जनप्रतिनिधिले राज्यले दिएको पावरको कसरी दुरुपयोग गर्छन भन्ने कुरा पोखरा महानगरपालिका ४ मा देखिएको छ । ४ वडा कार्यालयबाट महानगरपालिकामा अत्यावश्यक भनेर नाली निर्माणको लागि २० लाख बजेट माग भयो । सोही अनुसार महानगरबाट बजेट पनि छुट्यो तर २० लाखमा ३० मिटर मात्रै नाली बनेको छ । २० लाख खर्च लगाएर बनाइएको उक्त नालीको दुबै तर्फ कुनै पनि ढलनाली आउने जाने निकास छैन ।