काठमाडौं १७ चैत, । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले मानिसहरुलाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका छन् ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य कूको विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० जनाको मृत्यु भइसकेको जनाइएको छ । प्रदर्शनमा निस्किएका मानिसहरुमाथि सेनाले गोली चलाउन साथ प्रमुख समूह जनरल स्ट्राइक कमिटी अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समूहहरुलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो ।