एजेन्सी, १२ चैत। उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले बिहीबार सी अफ पानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
जो बाइडेन अमेरिकामा राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलो पटक गरिएको मिसाइल प्रक्षेपणलाई अमेरिकालाई उत्तेजित गर्न चालिएको कदमका रुपमा विश्लेषण गरिएको छ । प्रक्षेपण गरिएको मिलाइललाई सुरुमा जापानका प्रधानमन्त्री योहिहिडे सुगाले ब्यालेस्टिक मिसाइल रहेको पहिचान गरेका थिए । दक्षिण कोरियाले पनि सो मिसाइलहरु ब्यालेस्टिक नै रहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधानमा ब्यालेस्टिक मिलाइल प्रक्षेपणमा प्रतिबन्ध लगाइएको छ ।