काठमाण्डौं २० चैत । ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् ।
सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएको थियो । स्थानीय मिडियाका अनुसार घटनास्थलमा उद्धारकार्य जारी छ ।ताइवानको केन्द्रीय प्रकोप व्यवस्थापन टोलीले सुरुङ भित्र चारवटा रेल कोच भएको जसमा अहिले पनि करिब २ सय मानिसहरु फसेका छन् । यी चारैवटा रेल कोच यो दुर्घटनामा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो ट्रेन ताइवानको राजधानी ताइपेदेखि ताइतुंग शहर जाँदै थियो ।