काठमाण्डौं,२० साउन । दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानबिन समितिले विवरण संकलन सुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम शुरु गरेको हो ।
आज पनि घटनासँग जोडिएका र जानकारसँगको छलफल तथा विवरण संकलनको काम भैरहेको समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो । विवरण संकलन गर्न सहसचिव गौतम नेतृत्वको टोली हिजो सदरमुकाम खलंगा पुगेको थियो । समितिले हिजो घटनास्थल मालघाट पुगेर फर्किएको सुरक्षाकर्मीको टोलीसँग छलफल गरेको थियो ।