राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यि हुन१२ वर्षीया बालिकाको बलात्कार पछि ढुंगाले किचेर हत्या गर्ने दुष्कर्मी

काठमाडौं । बलात्कार अहिले नेपाली समाजमा एकदमै डरलाग्दो भएको छ । नेपाल भारत लगायत अन्य विकासशील देशहरुमा बलात्कार एकदमै ठुलो अपराध भएको छ । यस्तै, १२ वर्षीया बालिकाको बलात्कार पछि एक व्यक्तिले ढुंगाले किचेर हत्या गरेका छन् ।

भारतको मध्यप्रदेश राज्यको भोपाल जिल्लाको मनुआभान टेकरी भन्ने गाउँमा यस्तो डरलाग्दो घटना भएको हो । मंगलबार बेलुका भएको यस घटनामा ति व्यक्तिको बलात्कार पछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको बताइएको छ ।

बालिका आफ्ना साथीसँग मनुआभान टेकरी आएकी थिईन् । प्रहरीले हत्यारालाई समातेको जनाएको छ । एएसपी मनु व्यासका अनुसार ति बालिकाका पिता एक निजी अस्पतालमा काम गर्नुहुन्छ र लांबाखेड़ामा वस्दै आउँनु भएको छ ।

उनकी छोरी अहिले कक्षा आठमा अध्यन गरिरहेकी थिईन । मंगलवार अपरान्ह साढ़े तीन बजे उनी उनका साथिहरुसँग घर बाहिर गएकी थिईन् । उनको हत्या भएको झण्डै १३ घण्टा लामो समयपछि वास्तिवकता पत्ता लागेको हो ।

उनी अपरान्ह ४ बजेतिर अविनाशले बच्चीलाई जबरजस्ती गर्न खाजेपछि उनी भाग्न खोजिन तर अविनाशले उनलाई फेरि समातेर ल्याएर बलात्कार गरे अनी अरुलाई भन्ने डरले त्यहाँ भएको ढुंगाले किचेर हत्या गरे ।

उनले बालिकाको हत्या पछि पाँच बजे तिर आफ्नो साथि जस्टिनलाई बोलाए र बालिका हराएको भन्दै खाजेको नाटक पनि गर्न भ्याए । लामो समय खोज्दा पनि बच्चा फेला नपरेपछि उनी बुवा घर फिर्ता भईन र राति ८ बजे तिर परिवारले प्रहरीमा मुद्धा दर्ता गरायो ।

बालिकाको परिवार प्रहरीमा गएको पत्तो पाएपछि अर्को दिन बिहान ५ः३० मा उनै हत्यारा अविनाशले बालिका पहाडको खोल्सामा भएको हुन सक्ने बताए । जब प्रहरीले त्यहाँ गएर हेर्यो त्यहाँ बालिकाको जुत्ता मात्रै देखियो ।

अलिक खोज गर्दा झाडाीमा ढंगाले पुरेको अवस्थामा बालिकाको शव फेला पर्यो । अनी प्रहरीले अनुसन्धानका क्रममा यो हत्या अविनाशले गरेको पत्ता लगायो । अविनाशले आफुले जबरजस्ती गरेपछि डराएर हल्या गरेको प्रहरीलाई बताएका छन् ।