राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया — ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् ।

ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् ।

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् ।

उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए  ।

साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।