कुनै समय ‘गुन्डा नाइके’ कुमार ‘घैँटे’को इन्काउन्टर पछि सेलाएको काठमाडौँको गुन्डागर्दी केहि महिना यता फेरि ठमेलस्थित ओमानियामा भएके झण्डप पश्चात तातियो । सानुभाई (गुरुङ) र उनका सहयोगीहरु विश्व लामा, ‘मार्सल’ भनिने शैलेन्द्र गुरुङहरु अभद्र ब्यवहार मुद्धामा पक्राउ परे । सामान्य धरौटिमा रिहा पनि भए । तर फेरि एक महिना नबित्दै उनका सहयोगीहरु सानु लामा र मार्शल भनिने शैलेन्द्र गुरुङको गुण्डागर्दीबाट सामाखुशी र महाराजगञ्ज आसपासको क्षेत्र आतंकित हुँदै गएपछि प्रहरी परिसर काठमाडौँले उनीहरुलाई पक्राउ गरि कार्वाहि प्रक्रिया अगाडि बढाएको थियो ।
सिसिटिभी फुटेजमा प्रत्यक्ष कुटपिट गर्दै देखिएका उनीहरु आज भने धरौटिमा रिहा भएका छन् । कानुनको फितलो आदेशले काठमाडौँबासी थप त्रसित बनेका छन् । प्रहरीको मोस्ट वान्टेड लिस्टमा रहेका सानुभाई भने हाल देश बाहिर रहेको स्पष्ट बुझिन्छ । विश्व लामा एक लाख धरौटि र मार्सल ७५ हजार धरौटिमा रिहा भएका हुन् ।