राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

तुलसीपुरमा थारु समुदायको भुह्यारथान निर्माण सुरु

तुलसीपुरको कट्कुईयाँमा भुह्यारथान निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँमा रहेको थारू भुह्यारथानको भवन निर्माणको काम अघि बढेको हो । लुम्बिनी प्रदेश सरकारको शसर्त अनुदानबाट विनियोजित १० लाख बजेट मार्फत उक्त निर्माण कार्यलाई अगाडि बढाइएको छ । गत कार्तिक देखि सुरू गरिएको निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । भुह्यारथान मर्मतको काम चार महिना भित्र सक्ने गरि निर्माण समितिले काम अघि बढाएको थियोे । सो क्षेत्रभित्र विभिन्न देवता अट्ने सुरक्षित भवन । परम्परागत शैलीको बुट्टा हानेको काठको मुर्ति निर्माण त्यसैगरी पुजापाठ गर्दा व्यवस्थित बस्ने ठाउँको निर्माण तथा अव्यवस्थित रूपमा रहेको प्रवेश द्वार (गेट) को निर्माण गरिने भएको छ । साथै यस अघि सोहि ठाउँमा भुह्यारथान अव्यवस्थित भएका कारण असुरक्षित बन्ने र विभिन्न समस्या हुदै आएको समितिका संयोजक सुनक चौधरीले बताउनु भएको छ ।

 

अब बन्ने भुह्यारथान व्यवस्थित र सुरक्षित हुने भएपछि सम्पुर्ण गाउँलेलाई राहत हुने भएको छ । त्यसैगरी निर्माण कार्य सम्पन्न भएलगत्तै भुह्यारथान क्षेत्रभित्र विभिन्न थरीका फुल र वृक्षरोपण गरिने उहाले बताउनुभयो । थारू संस्कृति र परम्परा अनुसार विभिन्न पुजा पाठका लागि चाहिने सम्पुर्ण कुरा भुह्यारथानमा नै पाउने व्यवस्था गरिने भएको छ । विभिन्न समयमा गरिने पुजा पाठका बेला आवश्यक वस्तु नहुदा टाढाटाढा समेत खोज्न जानुपर्ने हुदा यस्तो समस्याको अन्त हुने भुह्यारथान व्यवस्थापन समितिको भनाइ छ । हाल निर्माण हुदै गरेको भुह्यारथानको ४० प्रतिशत काम सम्पन्न भएको छ ।।