राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

काठमाडौं–१० मा युवा दबाब : हिमेश केसी नपाए रास्वपाका प्रदीप बिस्टलाई समर्थन गर्ने उत्तम कार्कीको घोषणा

काठमाडौं । आउँदो निर्वाचनलाई लिएर काठमाडौं क्षेत्र नं. १० मा उम्मेदवार चयनबारे बहस तीव्र बन्दै गएको छ। देश निर्माणका लागि युवाको भूमिका निर्णायक हुने भन्दै सामाजिक अभियन्ता उत्तम कार्कीले नेकपा एमालेका युवा नेता हिमेश केसीलाई पहिलो प्राथमिकता दिएको स्पष्ट पारेका छन्।


कार्कीले सार्वजनिक रूपमा घोषणा गर्दै भनेका छन्, “यदि हिमेश केसीले टिकट पाएनन् भने म बिना लोभ, बिना प्रलोभ, आफ्नै खर्चमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिस्टलाई समर्थन गर्छु। हिमेशपछि युवाको विकल्प भनेकै बिस्ट हुन्।”

 


उनका अनुसार यो समर्थन कुनै दलगत स्वार्थका लागि नभई देश निर्माण र युवाको भविष्यका लागि हो। “मलाई कुनै लोभ छैन। देशका लागि लड्ने हो। मेरो प्राथमिकता क्रमशः हिमेश केसी, त्यसपछि प्रदीप बिस्ट हुन्,” कार्कीले बताए। उनले आफ्ना करिब ३४७ मत आफन्त र चिनजानमा रहेको दाबी गर्दै घटबढ हुन सक्ने पनि उल्लेख गरे।

उत्तम कार्कीले काठमाडौं–१० मा नयाँ अनुहार ल्याउने विषयप्रति कडा असन्तुष्टि जनाएका छन्। “फर्पिङ, छैमले, केराबारीदेखि चन्द्रागिरि–मसिनेसम्म हिमेश केसीको चर्चा छ। युवा र दिनदुखीको सहारा हिमेश केसी बाहेक नयाँ विकल्प आए जनताले भोट हाल्दैनन्,” उनले दाबी गरे।

उनका अनुसार यसपटकको चुनाव विगतको जस्तो नभई नयाँ वातावरणीय र राजनीतिक दबदबा रहेको छ। “राजनीति मौसम अनुसार गर्न सक्नुपर्छ। समय, भूगोल र कालखण्ड हेरेर निर्णय गर्नुपर्ने बेला हो। नयाँ अनुहार चिनाउँदै चुनाव सकिन्छ, बाजी अर्कैले मार्छ,” कार्कीले चेतावनी दिए।

कार्कीले यहाँसम्म भनेका छन् कि यदि हिमेश केसी बाहेक अरू उम्मेदवार उठाएर एमालेले काठमाडौं–१० जित्यो भने आफू कानमा धागो बाँधेर काठमाडौं छोड्ने घोषणा समेत गरे। “हिमेश केसी बाहेक अरू आए एमाले कदापि जित्दैन,” उनको भनाइ छ।
गत प्रतिनिधि सभा निर्वाचनमा कडा प्रतिस्पर्धा गर्दै उपविजेता बनेका, टोलटोलमा चिनिएका हिमेश केसीलाई यसपटक ‘अन्तिम मौका’ दिनुपर्ने उनको तर्क छ। “यो चिसो मौसममा सूर्यको पारिलो घाम जस्तै हिमेश केसी हुन्, नत्र सूर्य बादलले ढाकिन्छ,” कार्कीले ।काठमाडौं–१० मा उम्मेदवार चयनलाई लिएर बढ्दो युवा दबाबले अब दलहरूको निर्णयमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

 

उत्तम कार्की काठमाडौँ क्षेत्र नम्बर १० को चन्द्रागिरी नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका व्यक्ति हुन् । उनी स्थानीय चर्चित युवा अभियन्ता हुन् र उनले २०७९ सालको स्थानीय निकायको निर्वाचनमा ३४७ भोट ल्याएका थिए उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उत्तम कार्कीले चन्द्रागिरी नगरपालिका भित्र हुने गरेका विभिन्न विकृति विसंगति भ्रष्टाचार कुसंस्कार को विरुद्धमा आवाज उठाउँदै आएका छन्। विभिन्न पेशा व्यवसाय हुँदै पत्रकारिता सँगसँगै उनले सामाजिक अभियानलाई पनि सँगै अगाडि बढाएका छन्।