राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

जनयुद्धको अवसरमा सिन्धुलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

सिन्धुलीमाढी। ३० ओैं जनयुद्ध दिवसको अवसरमा सिन्धुली जिल्लाकाे खम्बेचाैरमा आयाेजित ycl जिल्ला किमिटि र अखिल क्रान्तिकारी जिल्ला कमिटिबीच भएको मैत्रीपूर्ण फुटबलमा ycl नेपालले अखिल क्रान्तिकारीलाई तीन गाेल अन्तरले पराजित गरेको छ।

आज सम्पन्न मैत्रीपूर्ण खेलमा ycl का दर्शन भण्डारीले दुई गाेले गरेका छन् भने राजकुमार श्रेष्ठ उत्साहले थप १ गाेल गरेका छन् । साैहार्दवूर्ण वातावरणमा खेल सम्पन्न भएको छ। माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज वसन्त माझीले रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलकाे उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरू, युवा, विद्यार्थी र दर्शकहरूकाे सहभागीता रहेको थियोे ।