राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली

काठमाण्डौ ११ चैत ।
त्रिदेशीय फुटबल प्रतियोगिताका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीको गोलरक्षकमा किरणसहित विकेश कुथु र दीप कार्की छन् । रक्षकमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् ।
त्यसैगरी मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान रहेका छन् । त्यसैगरी स्ट्राइकरमा अञ्‍जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन् । निशान लिम्बु, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टोलीमा परेका छन् । स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा अटाएका छैनन् ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको छ। फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ।