काठमाडौँ । अभिनेत्री श्वेता खड्काले च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा रहेको ट्यूमरको सफल शल्यक्रिया गराएकी छन्। आफ्नो च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर रहेको र उक्त ट्यूमरको सफल शल्यक्रिया गरिएको खड्काले फेसबुक मार्फत जानकारी गराएकी हुन्।
शुक्रबार फेसबुक मार्फत त्यस बारे जानकारी गराउँदै खड्काले दोस्रो जीन्दगी पाएको उल्लेख गरेकी छन् । अभिनेत्री खड्काले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत भारतको दिल्लीमा शल्यक्रिया गरिएको जानकारी गराएकी हुन्।
लण्डनमा चलचित्र छायाँकनको क्रममा असह्य पीडा भएपछि डाक्टरलाई देखाउँदा ट्युमर रहेको थाहा पाएपछि भारतको दिल्ली आएर द्रुत प्रक्रिया मार्फत शल्यक्रिया गरिएको उनले बताइन्।
उनले फेसबुक मार्फत आफू स्वास्थ्य लाभ गर्ने क्रममा रहेको पनि जानकारी गराएकी छन्। जीवन अनिश्चित हुने रहेछ भन्दा खड्का फेसबुकमा लेख्छिन्, “मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । जीवन अनिश्चित छ भन्थे, हो रहेछ। जीवनमा कहिले के हुन्छ र योजना सँगै सपना केहि सेकेन्डभरमै विलिन हुन्छन् थाहै नहुने रहेछ।”
ट्यूमरको शल्यक्रिया पछि स्वास्थ्य लाभ गरिरहेकी खड्काले नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने भएकी छन्। यस बारे खड्का फेसबुकमा लेख्छिन्,”मेरो नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउन पर्दा म धेरै दुखि भएकी छु।”
दिल्लीमा ट्यूमरको शल्यक्रिया डाक्टर सुरेन्द्रकुमार दाबासले गरेका थिए। जसको लागि खड्काले दाबासलाई धन्यवाद दिएकी छन्। साथै उपचारको सम्पूर्ण व्यवस्थापन गर्न सहयोग गर्ने नेपाली डाक्टर पंकजलाई पनि उनी धन्यवाद दिन्छिन्।
अन्तिममा उनी लेख्छिन्,” यस घटनाले जीवन अनिश्चित रहेछ भन्ने पाठ पठाएको छ। हामीलाई कुन समय के हुन्छ र जिन्दगिले कहाँ पुर्याउंछ थाहै नहुने रहेछ। स्वास्थ्य अवस्थाको कारण काम गर्न नसकेको कारण हेलो जीन्दगी चलचित्र पूरै टिमसँग म क्षमाप्रार्थी छु। बिएलके अस्पताल र डाक्टर सुरेन्द्रकुमार दाबासको टिमलाई धेरै-धेरै धन्यवाद। एक पटक फेरी मैले भयानक अवस्था माथि जीत हँसिल गरेको छु।”