राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आज राति यि तिन प्रदेशमा भारी बर्षा हुने

काठमाण्डौं,५ भदौं । अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक ÷दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । अबको केही दिनको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो । धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।