धेरै महिला तथा पुरुषहरुमा महिनावारी अर्थात मिन्स्ट्रुएसन भएको समयमा यौन सम्पर्क (सेक्स) गर्न मिल्छ कि मिल्दैन भन्ने दुविधा भएको पाइन्छ । यहि काैतुहलताकाे उत्तर नअाउँदा प्रेममय समय त्यसै खेर गएकाे सुन्न र देख्न पाइन्छ । यसकारण महिनावारीको वैज्ञानिक कारणबारे यथेष्ट जानकारी लिनु सबैकाे निमित्त अपिरहार्य छ ।
सेक्सकाे यही समयकाे बारेमा वैज्ञानिकहरुले फरक फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीमा यौन सम्पर्क गर्न मिल्छ । यधपी, यसबारेमा भने अन्य दिनकाे भन्दा विशेष ध्यान दिनुपर्छ ।
उनीहरूका अनुसार अन्य समयकाे जस्तो नभइ महिनावारीमा यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कन्डम लगाउनु पर्ने कुरालाइ जाेड दिन्छन् । किनकी साे समयमा यौन सम्पर्क गर्दा संक्रमणबाट बच्न सकिन्छ र कसैलाई घिनाउने हुनसक्छ त्यसका लागि पनि याे उपाय राम्रो हुन्छ ।
बैज्ञानीकहरूले भनेका छन्, यो व्यक्तिगत इच्छामापनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । शारिरीक शिथिलताले धेरैलाइ पीडा दिन्छ भने कत्तिलाइ थकाइकाे अनुभूति हुँदैन ।
तर, हाम्रो समाजको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन । पूर्वदेखि पश्चिमसम्मका छुट्टै परम्परा छ । साे समयमा नछुनेदेखि छाउ सम्मका भाषामा टाढा राख्ने गरिन्छ। यसलाइ अाधार मान्दा हाम्राे समाजमा सेक्स गर्न नमिल्ने बताइन्छ । तर, विश्व तथ्य हेर्ने हाे भने महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने भेटिँदैन।
बैज्ञानिकका अनुसार महिनावारीको बेला याैन सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हार्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।
यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने खतरा रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाएकाे सुनिन्छ । महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने हार्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।
महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । महिनावारीको समयावधिलाई पनि कम गर्छ । यसकारणा खुलेर कुरा गराैँ, महिनावारी हुँदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी हुँदैन, चिकित्सक भन्छन् । एजेन्सीकाे सहयाेगमा